News paper articles Category

बालुवामा हलुका निर्णय

२०७८ जेठ १५ मा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गरे । बजेटको बुँदा नं. १९९ — ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न र आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने […]

Read More

भ्रम उत्पादनका कारखाना

१९१८ को मार्च । अमेरिकाको क्यान्सस राज्यको ह्यास्कल काउन्टीस्थित एउटा सैनिक क्याम्पमा नयाँ रोग देखा पर्‍यो । उक्त रोग केही महिनाभित्रै अन्य अमेरिकी सहर हुँदै युरोप, एसियालगायत संसारका छवटै महादेशमा डढेलोझैं फैलियो । स्पेनिस फ्लु भनिने उक्त महामारीले दुई वर्षभित्रमा लगभग ५ करोड मान्छेको ज्यान लियो । मानव इतिहासमै अहिलेसम्मकै सबैभन्दा घातक भनिने स्पेनिस फ्लुको […]

Read More

दीर्घकालीन अनुसन्धानको खाँचो

सन् १९३८ अर्थात् दोस्रो विश्वयुद्घको शंखघोष हुनुभन्दा एक वर्षपहिले, लगभग एक दशक लामो आर्थिक मन्दीबाट तंग्रिने क्रममा थियो अमेरिका । त्यहाँको हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा महत्त्वाकांक्षी अनुसन्धान योजनाको उद्घोष गरे, जसको उद्देश्य थियो— मानिसको खुसीको रहस्य पत्ता लगाउनु । उक्त अनुसन्धानका लागि सुरुमा हार्वर्डमै स्नातक तह दोस्रो वर्षमा अध्ययनरत २६८ विद्यार्थी छानिए । एक वर्षपछि […]

Read More

सहरी वनको सौन्दर्य

काठमाडौँ — सन् १७९२, फिलाडेल्फिया, अमेरिकाका नागरिकहरूले त्यहाँका मेयरसमक्ष ज्ञापनपत्र मार्फत एउटा माग राखे । त्यो माग धारा, बिजुली, सडक, ढल निकासजस्ता सहरी पूर्वाधारहरूको निर्माणका लागि थिएन । त्यसमा सहरका पाँचवटा सार्वजनिक चोकहरूलाई बेवास्ता गरिएकोमा चिन्ता जाहेर गर्दै मेयरको ध्यानाकर्षण गराइएको थियो । र, भनिएको थियो, ‘रूखबिरुवाले हावा शुद्ध बनाउने कुरा अकाट्य भएकाले ती चोकहरूमा […]

Read More

प्रिडेटरी जर्नलको पसल

सेप्टेम्बर २०१३, अमेरिकन जर्नल अफ मोडर्न फिजिक्स (वर्ष २, अंक ५, पृष्ठ २५५–२६३) मा टेक्निकल स्कुल सेन्टर, स्लोभेनियाका एल मरेक क्रेन्जेकको एउटा ‘वैज्ञानिक लेख’ छापियो । ‘मोडिफिकेसन अफ ई इक्वल एमसी स्क्वायर’ शीर्षक उक्त लेखमा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको प्रख्यात पिण्ड र ऊर्जासम्बन्धी सूत्र ‘ई=एमसी स्क्वायर’ गलत रहेको भन्दै त्यसलाई सच्याएर ‘ई=१/२२ एमसी’ बनाइएको थियो । […]

Read More

बौद्धिक विनयशीलताको अभाव

जुलाई १९९१ मा प्रसिद्ध वैज्ञानिक जर्नल ‘नेचर’ (अंक ३५२, पृष्ठ ३११–३१३) मा युनिभर्सिटी अफ मेनचेस्टर, बेलायतका तीन खगोलवेत्ता एन्ड्रयु लिन, म्याथ्यु बेली र एसएल स्यामरको अनुसन्धानात्मक लेख छापियो । उक्त लेखमा ती अध्येताहरूले हाम्रो सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह पत्ता लगाएको दाबी गरेका थिए । उक्त अध्ययनको विल्कुलै नयाँ पक्ष के थियो भने, नयाँ पत्ता लागेको […]

Read More

हामीले फेरेको हानिकारक सास

काठमाडौँ — २०७७ मंसिर १७, बुधबार बिहान, यो लेख तयार पार्दै गर्दा काठमाडौंको मुटु मानिने रत्नपार्कको हावामा पीएम २.५ भनिने सूक्ष्म धूलोका कणको मात्रा ‘एयर क्वालिटी इन्डेक्स’ को मापनमा १९५ थियो । सोही समयमा काठमाडौं उपत्यकाका अन्य चार स्थानमा राखिएका त्यस्ता मापनकेन्द्रहरू — भैंसेपाटी, झम्सीखेल, फोहरा दरबार, अमेरिकी दूतावास महाराजगन्ज — मा पीएम २.५ को […]

Read More

भ्याक्सिन : आविष्कार, उत्साह र अवरोध

काठमाडौँ — सन् १८७९ को ग्रीष्मयाम । फ्रान्सेली वैज्ञानिक लुई पास्चर पन्छीलाई हैजा लगाउने ब्याक्टेरिया मिसाइएको कुखुराको सुरुवा प्रयोगशालाका केही कुखुरालाई खुवाउन (इनोकुलेट गर्न) विद्यार्थीलाई अह्राएर आफू भने छुट्टी मनाउन पेरिसतिर लागे । गुरु बिदा मनाउन हिँडेपछि शिष्य चार्ल्स चेम्बरल्यान्डलाई प्रयोगशालामा बस्न मन लागेन र उनी पनि छुट्टी मनाउन अन्तै हिँडे । तर हिँड्नुअघि उनले […]

Read More

तथ्यांकको शताब्दीमा हाम्रो निरीहता

६ मे २०१७ को द इकोनोमिस्ट पत्रिकामा विश्वको ‘सबैभन्दा मूल्यवान् साधन अबउप्रान्त खनिज तेल नभएको’ दाबीसहितको कभर स्टोरी छापियो । उन्नाइसौं शताब्दीको मध्यतिर अमेरिकामा उत्खननको व्यावसायिक क्रम सुरु भएयता खनिज तेलले विश्वको सबैभन्दा मूल्यवान् साधनका रूपमा संसारभर एकछत्र दबदबा कायम राखेको थियो । आविष्कारको सुरुमा घरेलु बत्ती बाल्न प्रयोग गरिने मट्टीतेल, त्यसपछि मोटरगाडी गुडाउने, जहाज […]

Read More

साँघुरिएको हाम्रो विज्ञान

सन् १९८८ मा अमेरिकाको इन्डियाना विश्वविद्यालयकी प्राध्यापक एलिनोर अस्ट्रम अमेरिकी सहयोग नियोग (यूएसएड) अन्तर्गतको विकेन्द्रीकृत वित्त व्यवस्थापन कार्यक्रमको अध्ययन गर्न नेपाल आइन् । नेपाल आएपछि उनको ध्यान विकेन्द्रीकरणले भन्दा समुदायमा आधारित प्राकृतिक स्रोतको व्यवस्थापनले खिच्यो । नेपालमा किसानहरूले सदियौंदेखि सामूहिक रूपमा व्यवस्थापन गर्दै आइरहेका सिँचाइ प्रणालीका बारेमा अनुसन्धान गर्न अस्ट्रमले सिन्धुपाल्चोक, चितवन र दाङको भ्रमण गरिन् । इन्द्रावती […]

Read More