Articles Category
कीरा संरक्षणमा चासो
Posted on June 17, 2021 Leave a Comment
१९५१ को अक्टोबर । युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका अनुसन्धानकर्ता जर्ज बर्निमिस्जा त्यहाँको विराट घाँसे मैदानतिर घुम्न निस्किए । उनी नौ महिनाअघि मात्रै पुर्ख्यौली थलो हंगेरीबाट अस्ट्रेलिया बसाइँ सरेका थिए । अस्ट्रेलियाको घाँसेमैदान युरोपको जस्तो गाईवस्तुको गोबर कुहिएर माटो भई जीवन्त थिएन, बरु नकुहिएको सुकेको गोबरले ढाकिएको थियो । कारण— गाईवस्तुको गोबर कुहाउने गोब्रेकीराका प्रजातिहरू अस्ट्रेलियामा […]
बालुवामा हलुका निर्णय
Posted on June 3, 2021 Leave a Comment
२०७८ जेठ १५ मा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गरे । बजेटको बुँदा नं. १९९ — ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न र आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने […]
भ्रम उत्पादनका कारखाना
Posted on May 6, 2021 Leave a Comment
१९१८ को मार्च । अमेरिकाको क्यान्सस राज्यको ह्यास्कल काउन्टीस्थित एउटा सैनिक क्याम्पमा नयाँ रोग देखा पर्यो । उक्त रोग केही महिनाभित्रै अन्य अमेरिकी सहर हुँदै युरोप, एसियालगायत संसारका छवटै महादेशमा डढेलोझैं फैलियो । स्पेनिस फ्लु भनिने उक्त महामारीले दुई वर्षभित्रमा लगभग ५ करोड मान्छेको ज्यान लियो । मानव इतिहासमै अहिलेसम्मकै सबैभन्दा घातक भनिने स्पेनिस फ्लुको […]
दीर्घकालीन अनुसन्धानको खाँचो
Posted on April 22, 2021 Leave a Comment
सन् १९३८ अर्थात् दोस्रो विश्वयुद्घको शंखघोष हुनुभन्दा एक वर्षपहिले, लगभग एक दशक लामो आर्थिक मन्दीबाट तंग्रिने क्रममा थियो अमेरिका । त्यहाँको हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा महत्त्वाकांक्षी अनुसन्धान योजनाको उद्घोष गरे, जसको उद्देश्य थियो— मानिसको खुसीको रहस्य पत्ता लगाउनु । उक्त अनुसन्धानका लागि सुरुमा हार्वर्डमै स्नातक तह दोस्रो वर्षमा अध्ययनरत २६८ विद्यार्थी छानिए । एक वर्षपछि […]
सहरी वनको सौन्दर्य
Posted on April 8, 2021 Leave a Comment
काठमाडौँ — सन् १७९२, फिलाडेल्फिया, अमेरिकाका नागरिकहरूले त्यहाँका मेयरसमक्ष ज्ञापनपत्र मार्फत एउटा माग राखे । त्यो माग धारा, बिजुली, सडक, ढल निकासजस्ता सहरी पूर्वाधारहरूको निर्माणका लागि थिएन । त्यसमा सहरका पाँचवटा सार्वजनिक चोकहरूलाई बेवास्ता गरिएकोमा चिन्ता जाहेर गर्दै मेयरको ध्यानाकर्षण गराइएको थियो । र, भनिएको थियो, ‘रूखबिरुवाले हावा शुद्ध बनाउने कुरा अकाट्य भएकाले ती चोकहरूमा […]
प्रिडेटरी जर्नलको पसल
Posted on March 25, 2021 Leave a Comment
सेप्टेम्बर २०१३, अमेरिकन जर्नल अफ मोडर्न फिजिक्स (वर्ष २, अंक ५, पृष्ठ २५५–२६३) मा टेक्निकल स्कुल सेन्टर, स्लोभेनियाका एल मरेक क्रेन्जेकको एउटा ‘वैज्ञानिक लेख’ छापियो । ‘मोडिफिकेसन अफ ई इक्वल एमसी स्क्वायर’ शीर्षक उक्त लेखमा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको प्रख्यात पिण्ड र ऊर्जासम्बन्धी सूत्र ‘ई=एमसी स्क्वायर’ गलत रहेको भन्दै त्यसलाई सच्याएर ‘ई=१/२२ एमसी’ बनाइएको थियो । […]
बौद्धिक विनयशीलताको अभाव
Posted on March 11, 2021 Leave a Comment
जुलाई १९९१ मा प्रसिद्ध वैज्ञानिक जर्नल ‘नेचर’ (अंक ३५२, पृष्ठ ३११–३१३) मा युनिभर्सिटी अफ मेनचेस्टर, बेलायतका तीन खगोलवेत्ता एन्ड्रयु लिन, म्याथ्यु बेली र एसएल स्यामरको अनुसन्धानात्मक लेख छापियो । उक्त लेखमा ती अध्येताहरूले हाम्रो सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह पत्ता लगाएको दाबी गरेका थिए । उक्त अध्ययनको विल्कुलै नयाँ पक्ष के थियो भने, नयाँ पत्ता लागेको […]
कोभिडकालमा डार्बिन
Posted on February 12, 2021 Leave a Comment
सन् १८५९ को शरद् याम । प्रतिष्ठित बेलायती जर्नल ‘क्वाटर्ली रिभ्यु’ का सम्पादक ह्वाइटवेल एल्विनको हातमा जर्नलका प्रकाशकमार्फत एउटा पुस्तकको पाण्डुलिपि पुगेछ । सम्पादक महोदयले त्यो पाण्डुलिपि पढिसकेपछि प्रकाशकलाई भनेछन्—पुस्तकको हरेक पृष्ठ कष्टकर, अप्रमाणित र काल्पनिक छ’ त्यसैले यस्तो ‘विद्रोही’ पुस्तक नछापेकै बेस । उनले लेखकलाई अर्ती दिएछन्, ‘यस्तो किताबले पाठक पाउँदैन । बरु परेवाका बारेमा किताब लेख, […]
जनताका दरबारको दुरवस्था
Posted on January 28, 2021 Leave a Comment
सन् २०१८ को वसन्त ऋतुको एक दिन, छ वर्षीया छोरी लिएर हामी अस्ट्रेलियाको ग्रामीण सहर टुओम्बाको केन्द्रमा पुगेका थियौं, जहाँ दुई ठूला संरचना—करिब ५०० मिलियन डलर खर्चेर बनाइएको ‘ग्रान्ड सेन्ट्रल सपिङ मल’ र त्यसैको पारिपट्टि २५ मिलियन डलरमा बनेको ‘टुओम्बा सिटी लाइब्रेरी’— अवस्थित छन् । सुरुमा हामी सपिङ मलभित्र छिर्यौं । मलभित्र लुगाफाटा, जुत्ता, इलेक्ट्रोनिक्स, […]
आगलागी : बेवास्ता गरिएको विपत्
Posted on January 14, 2021 Leave a Comment
यतिखेर करिब छ हजार सानाठूला मानवनिर्मित स्याटेलाइटहरूले अन्तरिक्षका विभिन्न भागमा बसेर पृथ्वीको एक्सरे गर्ने गर्छन् । तीमध्ये पृथ्वीबाट लगभग ७०५ किलोमिटर टाढा अन्तरिक्षमा तैरिएका दुई दिदीबहिनी स्याटेलाइटहरूले यहाँको जल, जमिन र जलवायुको परिवर्तनलाई दैनिक नियाल्छन् । अमेरिकी राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष एजेन्सी (नासा) ले सन् १९९९ मा टेरा (ल्याटिन शब्द, अर्थ– भूमि) नाम गरेकी दिदी स्याटेलाइटलाई र […]