विकसित देशमा कस्ता छन् हुलाकहरु ?

विगत एक दशकदेखि अध्ययन र रोजगारीको सिलसिलामा भिन्न समयहरुमा जर्मनी, अमेरिका र अष्ट्रेलियामा बसेँ। आधुनिक विकासको हिसाबले उच्चस्थानमा रहेका यी तिनै देशहरुमा आहा भन्नपर्ने र प्रभावित हुनपर्ने अनेकौं चीजहरु छन्। जर्मनीको सार्वजनिक यातायात अमेरिकाका सडक सन्जाल, अष्ट्रेलियाका समुद्री तटहरु आदि।

तर तीनै देशमा नेपालबाट जाने हामीहरुलाई त्यहाँको हुलाकहरुको भरपर्दो र विश्वसनीय सेवाले पनि प्रभावित नबनाइरहन सक्दैन। नेपाल छाड्नेबेला लागेको थियो, विकसित देशमा त सबै कुरा इन्टरनेट इमेल मार्फत हुन्छ होला त्यहाँ हुलाकको के काम? त्यसो त विदेश जानु अघिसम्म विकसित देशका हुलाकसेवाको बारेमा मलाई खासै जानकारी थिएन। जापानको हुलाकसेवाले जापानभरि नै २४ घण्टाभित्र पत्र डेलिभरी गर्छ भन्ने बाहेक।

नेपालमा हुलाकसेवाको खासै प्रयोग गरिएन भन्दा पनि हुन्छ तर मैले टिकट संकलनको सौख भने पछिसम्मपनि पालेँ। मैले पहिलोपल्ट मेरो जन्म ठाउँ गोरखा बजारको हुलाकमा रहेको पत्र मञ्जुषामा चिठ्ठी खसालेँ अन्तोन चेखवको कथा भान्काको मुख्य पात्र भान्काले जस्तै। पाँच कक्षामा पढ्दै थिए होला सायद म।

हाम्रो घरमा एकजना ढुंगेल थरका सरकारी कर्मचारी बस्नुहुन्थ्यो। सरुवा भएर जानेबेला उहाँले घडीसँगै मलाई चिठ्ठी पढाउनु नि मुला (उहाँ जसलाई पनि मुला भन्नु हुन्थ्यो) भन्दै आफ्नो घरको ठेगाना थमाउनु भएको थियो – अञ्चल वाग्मती, जिल्ला भक्तपुर, कटुन्जे गाविस वडा न ४। घडी नपाएको भए मैले ढुंगेल अंकललाई चिठ्ठी लेख्ने थिइन होला।

थुप्रै पटक व्यहोरा लेखेर साफी गरेको चिठ्ठी खामबन्दी गरेर स्कुलको हाफटाइम छुट्टीमा पत्र मञ्जुषामा खसाल्न हुलाक जाँदा चिठ्ठीमा पाउने र पठाउनेको (दाँया र बायाँ) नाम उल्टो भएको थियो। हुलाक अफिसको भित्तोमा टाँसिएको ठूलो पोष्टर देखाउदै हुलाकका कर्मचारीले ठेगाना यसरी लेख्ने हो भन्दै त्यसलाई सच्चाइदिएका थिए। त्यसपछि चिठ्ठीमा राम्रोसँग ठेगाना लेख्न जानेपनि मैले चिठ्ठी कसैलाई पठाइन।

शक्ति मावि गोरखा पढ्दा साथीहरु रेडियो कार्यक्रममा फमायर्सी गीतमा नाम पठाउन खुबै पत्राचार गर्थे। तर मैले हुलाकमार्फत गीतको फमायर्सी कहिल्यै गरिन । पत्रमित्रको खुवै चलन भएको बेला पनि पत्रमित्र बनाइने जाँगर चलाइन। बरु नयाँ गोरेटो भन्ने क्रिश्चियन धर्मप्रचार गर्ने संस्थामा एकजनाले मेरो नाम पनि पठाइदिएका रहेछन् । महिना, दुई महिनामा त्यो संस्थाले पठाउने धर्मसम्वन्धी पुस्तकहरु आउथ्यो स्कुलमा उत्तमबाबु श्रेष्ठ शक्तिमावी पाटेचौर, गोरखा भनेर ।

काठमाडौं पढ्न वस्दा घर पत्र पठाउन र पैसा प्राप्त गर्न हुलाकको प्रयोग गर्न परेन । व्यक्तिहरुले नै पत्र आदान प्रदान गरिदिन्थ्ये । तर अध्ययन गर्न विदेश जाने रन्को चलपछि साथीको पोष्टवक्स ठेगाना र चावी लिएर काठमाडौंको सुन्धाराको कुनामा रहेको गोश्वारा हुलाक कार्यालय भने धाइयो कहिलेकांहि । पोष्टवक्समा आउने विदेशी विश्वविद्यालयका चिल्लो रंगीन विज्ञापन सामाग्रीहरुले दंग परिन्थ्यो । ४–५ कक्षामा हुन्थे भने ती रंगिन पृष्टहरुलाई कितावको गाता बनाइदिन्थे । हामी चाइनिज रंगिन पत्रिकाले गाता हाल्थौं त्यतिवेला । त्यो पनि सायद चीनवाट नेपालसम्म हुलाकबाटै आउथ्यो होला ।

जर्मनी 
जर्मनीमा पहिले पाइला टेक्दै गर्दा एकजना साथीले आफु वसेको ठेगाना कण्ठ गर्नु भनेको थियो । २१ रोतक्रोइज स्ट्रासे, फ्रांजिङ अझैपनि कण्ठस्थ छ । नेपालमा मेरो ठ्याकै ठेगाना भन्ने हुदैन थियो । पछि थाह भयो उसले किन त्यसो भनेको रहेछ भनेर । बैंकदेखि विश्वविद्यालयसम्म जताजाउ त्यहि ठेगाना दिनुपर्ने । विश्वविद्यालयको मार्कसिटदेखि, डाक्टरको अपोइन्मेन्टदेखि, बैंकको स्टेटमेन्ट सबै हुलाकमार्फत आउथ्यो । जर्मनीबाट अमेरिका जानेवेला अमेरिकी दुतावासमा भिसा आवेदन गर्दा आफ्नो ठेगाना टिकट टाँसिएको खाममा लेखेर पासपोर्ट चाहि दुतावास मै छोड्न पर्नेरहेछ । भिसा लागेपछि दुतावासले पासपोर्ट त्यहि खाममा हालेर पठाइदिने रहेछ । विदेशको ठाँउ, पासपोर्ट त्यसरी दुतावास मै छोडेर फ्र्याड्ढफर्टबाट म्युनिख आउँदा अमेरिकाको भिसाभन्दा पासपोर्ट हराउने त होइन भन्ने चिन्ताले सताइरहयो । त्यसपछिका दिनहरुमा पासपोर्ट नआउँदासम्म एक किसिमको वेचैनी । आखिर विदेशको ठाँउमा त्यति त थियो मेरो चिनारी । के थाह त्यहाँको हुलाक पनि नेपाल कै जस्तै चिठ्ठी हराउइदिने पो हो कि ? तर विश्व कै नम्बर एक हुलाक सेवा डोइच पोष्टले त्यसो किन गथ्र्यो र ? डिएचएल पनि भनिने जर्मनीको वोनमा केन्द्र भएको डोइच पोष्टले मेरो जस्तै ७ करोड चिठ्ठी पत्र कागजात वर्षेनी आदान प्रदान गर्छ । जर्मन बस्दासम्म दैनिकजस्तो अपार्टमेन्ट आउँदा चिठ्टी हेरेर भित्र पस्ने बानी नै भयो । अर्थात हुलाक जीवनशैलीमा फेरियो जुन अझै कायम नै छ ।

अमेरिका पासपोर्टको निवेदन हुलाकबाटै (नेपालमा सिडियो अफिसले गर्ने काम)
अमेरिका आएपछि पनि धर पस्दा दैनिक जसो मेलवक्स चेक गर्ने वानी कायम नै रह्यो । सुरुसुरुमा विजुली, फोन, क्रेडिट कार्डका विलहरु हुलाक मार्फत आउथे । पछिल्ला दिनहरुमा भने ती सबै इलेक्ट्रोनिक पे मार्फत गर्न थालियो । कागजको वचत गर्न, हुलाक जाउआउ कमगर्न । तर घरवेटीलाई भाडाको चेक भने सधै हुलाक मार्फत नै पठाइन्थ्यो । अमेजनदेखि इवेसम्मका अनलाइन स्टोरबाट किनेका सामान हुलाक मार्फत आउथ्यो । कहिले कंहि आफुले पनि ती स्टोरहरुमार्फत वेचेका सामानहरु पढाउन हुलाक गइन्थ्यो । त्यहाँ वस्दा सरकारी हुलाक युनाइटेड स्टेट्स पोष्टल सर्भिस (युएसपिएस) धेरै र प्राइभेट युपिएस, फेडएक्स अलि कम प्रयोग गरियो । दुई दिनमा डेलिभरी हुन्छ भनेको सामान दुइ दिनै मै आउथ्यो । पछिपछि त आफ्ना सामान कुनठाँउमा आइपुग्यो घर कति वेला तिर आउँछ भनेर अनलाइन वा स्मार्टफोन मार्फत हेर्न सकिने भयो ।

अमेरिकाको युनाइटेड स्टेट्स पोष्टल सर्भिस अमेरिका संयुक्त अधिराज्य नहुदैदेखि चलेको र संयुक्तराज्य अमेरिकाको संविधान मै उल्लेखित सरकारी निकाय हो । त्यहाँ पासपोर्टको निवेदन सरकारी हुलाक मार्फत नै पठाउने रहेछ । हुलाकको कर्मचारीले निवेदकको अनुहार र फोटो हेरेर भेरिफाइ गरेपछि निवेदन दिएको दुई हप्ता मै धरमा आउने रहेछ त्यहाँको पासपोर्ट । त्यसो त हुलाकले  दैनिक जसो अनावश्यक पत्रहरु (जंक मेल) ल्याउथे अधिकांश त्यस्ता पत्रहरु क्रेडिटकार्ड लिन गरिएका आव्हानदेखि विभिन्न सामानहरुका विज्ञापनहरु हुन्थे । त्यसमा आएको जंक मेलको आयतनलाई हेरेर सजिल्यै भन्न सकिन्थ्यो अमेरिका एक कागज प्रयोग वा दुरुपयोग गर्नपनि नम्बर एक हो भनेर ।

अष्ट्रेलियामा हुलाक नै एटीएम 
अष्ट्रेलियाको हुलाक भने अलि वहुउदेश्यीय रहेछ । यहाँको हुलाक पनि निकै भरपर्दो र विश्वसनिय मानिन्छ । आफुले नेपाली दुतावासमा रिन्यु गर्न हुलाकबाट पठाएको पासपोर्ट हुलाकबाटै आयो । यहाँको हुलाक अफिसमा भने बंैकको कार्ड भएपछि पैसा झिक्नेदेखि पैसा राख्नेसम्मको सबै सुविधा उपलब्ध हुने रहेछन् । त्यो कुरा जर्मनी र अमेरिकामा अनुभव गरिएन । त्यहाँका आफु नवसेको ठाँउमा भएको भए मलाई थाह भएन । अष्ट्रेलियाको हुलाकमा अफिसमा चाहिने ससाना सामानदेखि उपहारका सामानसम्म, विभिन्न फोन कम्पनीका सिमकार्ड समेत किन्न पाइने रहेछ ।

केहि महिनाअधि अष्ट्रेलियाबाट एउटा कागज सहिछाप गरेर नेपाल पठाउन पर्ने भयो तर महिनादिन सम्मपनि ठाँउमा पुगेन । धेरै सोधखोजपछि रजिष्र्टड पत्र हुलाक मै रहेछ पाप्रकले पछि गएर बुझे । लाग्यो नेपालमा हुलाक अझैपनि विश्वसनिय हुन सकेको छैन् स्थापना भएको एकसय वर्षभन्दा बढि भएरपनि । नेपालको हवाइसेवा, सार्वजनिक यातायात आदी जस्ता सेवा क्षेत्रलाई  आधुनिक बनाउने धेरै कुरा सुनिन्छ तर हुलाकलाई आधुनिक बनाउने र यसलाई जनताको जीवनशैलीसँग जोड्ने कुरा खासै सुनिदैन् । मलाई थाह छैन् सुचनाको हक भित्र हुलाकसेवा प्रयोग गर्न पाइने हक पर्छ कि पर्दैन् ।

धेरै मान्छेलाई हुलाकको काम चिठ्ठीपत्र ओसार्ने मात्रै हो भन्ने लाग्छ । नेपालको प्रमुख अंग्रेजी दैनिक काठमाठौं पोष्टले जुलाइ ५ २०१४ मा सम्पादकिय लेख्यो डेथ अफ अ पोष्ट अफिस अर्थात हुलाकको मृत्यु । अब चिठ्ठी पत्र आउदप्रदान गर्ने ठाँउमा इलेक्टोनिक मेल, सामाजिक सन्जाल आदी आइसक्यो त्यसैले हुलाक प्रयोजनहीन भयो भन्ने आसयको साथ । मलाई लाग्दैन, काठमाडौं पोष्टमा भनिए जस्तै हुलाकको मृत्य भइसक्यो । बरु वद्लियको परिस्थीतीमा हुलाकको औचित्य झनै बढेको छ । नेपालको हुलाकले पनि विकसित देशमा जस्तै आफुलाई जनताको जीवनशैली बन्न सक्यो भने यसको गुमेको साख फिर्ता हुन्छ । अझैपनि नेपालमा टेलिफोन, पानी, विजुलीको विल तिर्न जाँदा घण्टौं समय विताउन पर्दछ । एकदिन काम माया मारेर त्यस्ता काममा जान पर्दछ । यस्ता विलहरु हुलाकबाट पठाउने सेवा हुने भने त्यसले हाम्रो समय वचत गर्नसक्छ । आगामी दिनहरुमा अनलाइन सपिगंको डेलिभरिको काम हुलाकबाट हुनसक्छ । दुईवर्ष अधि विश्वै कै सबैभन्दा ठुलो नेटवर्क भएको तर सुस्त हुलाक भारतीय हुलाकसेवामा ‘रिर्फम’ गर्न लागिदैछ । हुलाकलाई बैंकिङ कारोवारको अधिकार दिएर बैंक नपुगेका ठाँउका जनतालाई सुविधा दिने प्रयास थालिदैछ । त्यहाँको हुलाकलाई आधुनिकीकरण गर्न २७०० करोड रुपैया छुट्याइएको छ । नेपालमा पनि हुलाक मार्फत बैंकिङ रेमिट्यान्स वुझ्ने थाल्ने हो भने यसले काँचुली फेर्न सक्छ । ५० प्रतिशत भन्दा बढि धरले रेमिट्यान्स प्राप्त गर्ने मुलुक नेपालमा हुलाकले आफ्नो विश्वसनियता र सेवाको विविधीकरण गर्ने हो भने संचारमा ठुलो फड्को मार्न सक्छ ।

पहिलाे पाेष्ट अनलाइन |

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: