गिरानचौर त फेरियो, अब हाम्रो बानी फेरिएला ?

जुन देशको बार्षिक बजेट ६ खर्ब १४ अरब रुपैंया भन्दा बढी छ, त्यो देशका लागि मोटामोटी पाँच करोड रुपैंयाको आयोजना खासै ठूलो नहुनुपर्ने हो । हाल नेपालमा पाँच करोड रुपैंया भन्दा माथिका हजारौं परियोजनाहरु सञ्चालनमा छन् । अहिले कतिपय गाविसको बाषिर्क बजेट नै करोडौं रुपैंयाको हुने गरेको छ । करिब ६० लाखजति घरसंख्या भएको देशमा ६५ वटा नयाँ घर थपिनु पनि संख्यात्मक हिसाबले नगन्य हो । निर्माण भएका ६५ वटा घर भनेको भूकम्पले नेपालभर भत्काएका ६ लाख घरहरुको ०.०१ प्रतिशत मात्रै हो ।

भूकम्पबाट करिब एक करोडभन्दा बढी मान्छे प्रत्यक्ष प्रभावित भएका थिए । तीमध्ये करिब ५०० जनसंख्या लाभान्वित हुने परियोजनाको चर्चा सामान्य नै हुनुपर्ने हो । तर, धुर्मुस-सुन्तली फाउण्डेसनले पाँच करोड खर्चेर ५ सय जति जनसंख्याका लागि सिन्धुपाल्चोकको गिरानचौरमा निर्माण गरेका ६५ घर र एक सामुदायिक भवन भने देशका लागि नै ठूलो कार्य हुन पुग्यो । देश-विदेशमासमेत बहुचर्चित र एक असामान्य कार्य हुन पुग्यो ।

पक्कै पनि व्यक्तिगत पहलमा सम्पन्न भएको त्यो आयोजना असमान्य र अभूतपूर्व हो । तर, भूकम्पले पुर्‍याएको क्षतिको तुलनामा अघि भनिएजस्तो उक्त काम वस्ती निमार्णको पनि ०.०१ प्रतिशत मात्रै काम हो । देशभर त्योभन्दा सयौं गुणा धेरै काम अझै गर्न बाँकी छ । तर पनि उक्त कार्य नमुना बन्न पुग्यो । किन ? यसका निश्चित कारणहरु छन्, जसले समग्रमा हाम्रो सामाजिक आनीबानीको महत्वपूर्ण पक्षहरु मात्रै उजागार गर्दैनन्, बरु हाम्रो देशको अल्पविकास र पछौटेपनका मुख्य कारकहरुलाई पनि उजागार गर्दछन् ।

केही समययता नेपाली समाजमा पनि निश्चित चरित्रहरु निर्माण भएका छन्, जुन हाम्रो विकास, समृद्धि पछौटेपनसँग पनि जोडिएको छ । यसलाई हामीले मोटामोटी तीन भागमा बाँड्न सक्छौं । तोकेको जिम्मेवारी पूरा नगर्ने, समयमा केही काम नहुने र भ्रष्ट आचार

यस लेखमा तुलनात्मक रुपमा सानो गिरानचौर आयोजना असामान्य बन्नुको कारण खोतल्ने प्रयास गरिएको छ ।

व्यक्तिगत र सामाजिक बानीको निर्माण

मान्छेको दिमाग भनेको प्रकृतिले अहिलेसम्म विकास गरेको सबैभन्दा जटिल यन्त्र हो । शरीरको दुई प्रतिशत मात्रै तौल भएको दिमाग एक्लैले शरीरको २० प्रतिशत उर्जा खपत गर्दछ । वैज्ञानिकहरुका अनुसार, त्यो उर्जा बचाउनका लागि दिमागले काम गर्ने क्रममा जहिले पनि सहजताको छोटो-छरितो बाटो खोजिरहेको हुन्छ । अर्थात अलमल नहुने, दिमाग लगाउन र सोच्नै नपर्ने सर्टकर्ट बाटो । त्यस्तो सहजताको खोजीका क्रममा एउटा काम लगातार गर्न थालेपछि मान्छेको दिमाग स्वचालित प्रकृयामा जाने गर्दछ ।

जस्तै विहान उठ्नसाथ ब्रस गर्ने काम होस् या कुनै निश्चित चिया पसल देख्दा त्यहाँ गएर चिया पिउने काम, वा घर बाहिर जुत्ता फुकाल्ने वा कतै लगेर फोहर फाल्ने कामदेखि चुरोट खाने, रक्सी पिउनेसम्मका कामहरु दिमागको निर्णयविनै स्वचालित रुपमा भइरहेका हुन्छन् । हामीले दैनिक ३५ प्रतिशतजति यस्ता राम्रा-नराम्रा कार्यहरु नसोचेर वा दिमागको निर्णय नपर्खिकन नै गरिरहेका हुन्छौं स्वचालित रुपमा । त्यसैलाई हामी बानी भन्दछौं ।

बानी निर्माण भएपछि त्यो दिमागबाट हतपत हराउँदैन । त्यसलाई नयाँ बानीले विस्थापित गर्नु पर्छ । एकजना मान्छेको हकमा निर्माण भएको यस्तो बानी होस् या समाजको हकमा, निश्चित चरित्रहरुको निर्माण यसरी दिमागले छोटोछरितो बाटो रोज्ने क्रममा भएको हुन्छ । केही समययता नेपाली समाजमा पनि निश्चित चरित्रहरु निर्माण भएका छन्, जुन हाम्रो विकास, समृद्घिपछौटेपनसँग पनि जोडिएको छ । यसलाई हामीले मोटामोटी तीन भागमा बाँड्न सक्छौं । तोकेको जिम्मेवारी पूरा नगर्ने, समयमा केही काम नहुने र भ्रष्ट आचार ।

१. तोकेको जिम्मेबारी पूरा नगर्ने पदवालाहरु

पद चाहे राष्ट्रपति, प्रधानमन्त्रीको होस् या प्रहरी जवान वा पियनको, ती पदहरु धारण गर्नुको अर्थ पदीय दायित्व स्वीकार गर्नु हो । पदसँगै जोडिएर आउने काम, कर्तव्य र अधिकारको पालना आफ्नो श्रम, क्षमता, दक्षता र कौशलको उच्च प्रयोग गरेर गर्न मञ्जुर हुनु हो ।

यो कुरा पूर्वप्रधानन्यायाधीश रामकुमार श्रेष्ठ, वर्तमान प्रधानन्यायाधीश सुशीला कार्की, प्रहरी अधिकृत रमेश खरेल, सर्वेन्द्र खनाल, पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वअर्थमन्त्री डा. बाबुराम भट्राई र पूर्वमन्त्री एवं एमाले नेता गोकर्ण विष्ट आदिहरुको हकमा लागु हुन्छ

त्यो गरेवापत व्यक्तिले निश्चित सेवा सुविधा वा प्रतिष्ठा, इज्जत प्रतिफलमा पाउने गर्छ । जस्तो कि प्रहरीमा जागिर खानुहुन्छ भने तपाईको मूल काम कर्तव्य भनेको नै अपराधको रोकथाम तथा नियन्त्रण गरेर समाजलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने हो । त्यस्तै न्यायाधीशको काम भनेको स्वतन्त्र रुपमा र चुस्तसँग न्यायसम्पादन गर्ने र न्याय दिने हो । मन्त्रीको काम भनेको मन्त्रालयसँग सम्वन्धित नीति निर्माण बनाउने र त्यसलाई कार्यान्वय गर्ने हो ।

तर विडम्बना, न्यायधीशले न्याय दिँदा, प्रहरीले अपराधी समात्दा, अर्थमन्त्रीले राजश्व बढी उठाउँदा, मुख्य सचिवले स्वच्छ हिसाबले प्रशासन चलाउँदा उनीहरु नायकको रुपमा दर्ज भएका छन् । त्यसैले, नेपाली समाजका पि्रय भनिएका व्यक्तिहरु वा सार्वजनिक सञ्चार माध्यमले समय-समयमा नायक बनाएका व्यक्तित्वहरु हेर्दा उनीहरुले असामान्य वा अभूतपूर्व बढी केही गरेजस्तो लाग्दैन ।

यो कुरा पूर्वप्रधानन्यायाधीश रामकुमार श्रेष्ठ, वर्तमान प्रधानन्यायाधीश सुशीला कार्की, प्रहरी अधिकृत रमेश खरेल, सर्वेन्द्र खनाल, पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वअर्थमन्त्री डा. बाबुराम भट्राई र पूर्वमन्त्री एवं एमाले नेता गोकर्ण विष्ट आदिहरुको हकमा लागु हुन्छ ।

पदीयको जिम्मेवारीको केही अंश मात्रै काम गर्नेहरुलाई नायक मान्नु भनेको देशमा अधिकांश पेशाकर्मीहरु पेशागत जिम्मेबारी पूरा गर्न असमर्थ भएका छन् भनेर स्वीकार गर्नु हो । जसको सिधा अर्थ हुन्छ, नेपालमा पेशागत जिम्मेवारीको नैतिक धरातल पूर्णरुपमा स्खलन भएको छ ।

जिम्मेवारीको केही अंश काम गर्दा नायक बन्ने समाजमा धुर्मुस-सुन्तलीले आफूले पाएको जिम्मेबारीको सबै काम पूरा गरेर देखाए । उनीहरुले सार्वजनिक रुपमा गिरानचौरमा वस्ती बसाल्छु भनेर जिम्मेवारी लिएका थिए, त्यो काम समयमै सम्पन्न गरेर सबैको मन जिते ।

२. समयमा केही काम हुँदैनन्

विकसित देशहरुमा समयको परिभाषा एउटै हुन्छ । घडीमा पाँच बज्नु भनेको ५ नै हो । ६ वा ७ होइन । एक बर्ष भनेको ३६५ दिन र एक हप्ता भनेको सात दिन हो । तर, नेपालमा समयको परिभाषा अनौठो छ, जसलाई हामी असहज ठट्यौलीमा ‘नेपाली टाइम’ भन्छौं ।

नेपाली टाइम अनुसार, प्रधानमन्त्रीको सपथ समारोह समेत तोकिएको समयमा हुँदैन् । नेपालमा हुने औपचारीक कार्यक्रमहरु जसमा प्रमुख अतिथिहरु अक्सर ठूला पद धारण गरेका व्यक्तिहरु हुन्छन्, उनीहरु कहिल्यै समयमा पुग्दैनन्, सधै ढीलो पुग्छन् । जति ठूलो पद, त्यति ढीलो पुग्नुपर्ने सामाजिक बानी । त्यसैको प्रतिविम्ब जताततै देख्न सकिन्छ, विदेश वस्ने नेपालीहरुको हकमा पनि । विदेशमा पढ्ने विद्यार्थी, जो कक्षामा सधैं समयमा पुग्छ, काम गर्ने पेशाकर्मी, जो आफ्नो काममा

पिउने पानी नपाउँदा पनि पानी ल्याउने हतारो हुँदैन । अधिकांश समय अन्धकारमा बस्दा पनि विद्युत आयोजना बनाउने हतारो हुँदैन । अनुभवले भन्छ, हाम्रो हतारो जेब्राक्रसिङमा मोटरसाइकल र गाडी गुडाउँदाका बेला बाहेक अन्य बेला देखिँदैन

कहिल्यै ढीलो पुगेको हुँदैन, उनीहरु नै नेपालीहरुको कार्यक्रममा भने ढीलो गरी पुग्छन् । माथि नै चर्चा गरि सकियो, बानीहरु दिमागबाट हट्दैनन् ।

राजधानीवासीलाई बाँच्नका लागि अत्यावश्यक पिउने पानी ल्याउन भनेर निर्माण थालिएको मेलम्ची आयोजना होस् या निर्माणाधीन जलविद्युत आयोजनाहरु, संविधान लेखन होस् या त्यससँग सम्वन्धित ऐन कानुनको निर्माण, हामीलाई ढीलो कहिल्यै हुँदैनन् ।

पिउने पानी नपाउँदा पनि पानी ल्याउने हतारो हुँदैन । अधिकांश समय अन्धकारमा बस्दा पनि विद्युत आयोजना बनाउने हतारो हुँदैन । अनुभवले भन्छ, हाम्रो हतारो जेब्राक्रसिङमा मोटरसाइकल र गाडी गुडाउँदाका बेला बाहेक अन्य बेला देखिँदैन ।
समय समृद्धि मापनको एउटा महत्वपूर्ण अवयव हो ।

हाम्रा पूर्वज भन्दा हामी किन समृद्घशाली छौं भने उनीहरु आफ्नो अधिकांश समय, खाने बस्ने र सन्तान उत्पादनका लागि बिताउँथे । तर, हामी मानवीय आवश्यकताका चीजहरु जुटाउने काम उनीहरुले भन्दा निकै कम समयमै गछौर्ं । र, बचेको समय, मनोरञ्जन, पढाइ-लेखाइ, बौद्घकि विमर्श, खोज अनुसन्धान, शारीरिक मानसिक स्वास्थ्यको सुधार, समाज सेवा आदिका लागि बिताउँछौं ।

गरिब परिवारको अधिकांश समय जीवन धान्न बितेको हुन्छ । तर, समृद्घ परिवारले तुलनात्मकरुपमा निकै कम समय त्यसमा लगाउँछन् । त्यसकारण पाइने सेवा सुविधामा सम्झौता नगरी अतिरिक्त समय पाउनु भनेको समृद्घशाली हुँदै जानु हो ।

मान्छेले गर्दा धेरै समय लाग्ने काम मेशिनले निक कम समयमै गर्दछ । जोत्नका लागि हलोको साटो मेशिनको प्रयोग सजिलोका लागि मात्रै होइन, समयको वचत गर्न पनि हो ।

हामीले सन् २००० सम्म मुलुकलाई एशियाली मापदण्डमा पुर्‍याउने भनेका थियौं । संविधान बनाउन दुई बर्ष तोकेका थियौं । नतिजा स्पष्टै छ, आजको मितिमा नेपालमा कुनै पनि आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुँदैनन्, अतिरिक्त समय त परको कुरा ।

भूकम्पपछि पनि त्यसमा खासै फरक आएन । यदि आएको भए भुकम्पपछिका साढे दुई बर्ष भन्दा बढी समयमा घरवस्ती निर्माणको काम ०.०१ प्रतिशत सम्पन्न हुँदा हर्षबढाइँ गर्नुपर्ने थिएन ।

समयमा कुनै पनि काम नसकाउने राष्ट्रिय चरित्र विपरीत धुर्मुस- सुन्तलीले लगभग तोकिएको समयमा नै काम सकाए । र, त्यो काम अभूतपूर्व बन्न पुग्यो ।

नेपाली समाजको मुहान मात्रै होइन, त्यसबाट पानी वा तेल आउने पाइपहरुमा पनि खिया लागिसकेको छ । निरन्तर फोहोर बगेकाले यस्तो भएको होला

३. जताततै भ्रष्टाचारको महामारी

ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका देशहरुको भ्रष्टाचारको अवस्था झल्काउने प्रतिवेदन बर्षेनी सावर्जनिक गर्दछ । पछिल्लो प्रतिवेदन अनुसार विश्वका १६८ मुलुकमध्ये नेपाल १३० औं स्थानमा पर्छ । नेपाल दक्षिण एशियामा आफगानिस्तान र बंगलादेशपछिको सबैभन्दा भ्रष्ट मुलुक हो ।

भ्रष्टाचारको कुरा गर्दा धेरै मान्छेलाई लाग्छ, नेपाली समाजको मुहान गतिलो छैन । तर, नेपाली समाजको मुहान मात्रै होइन, त्यसबाट पानी वा तेल आउने पाइपहरुमा पनि खिया लागिसकेको छ । निरन्तर फोहोर बगेकाले यस्तो भएको होला ।

आफ्नो हातमा अधिकार हुँदा माइक्रोबसको सहचालक र ट्याक्सी ड्राइभरदेखि सचिव र मन्त्रीसम्मले, सडकमा व्यापार गर्ने फुटपाथ व्यापारीदेखि अरबौंको मालिकसम्मले भ्रष्ट आचार देखाउने गरेका छन् । आफ्नो आसन अनुसार सबैले सानोठूलो अख्तियारको दुरुपयोग गरेकै छन् । जसले गर्दा भ्रष्टाचार नेपाली समाजको आम चरित्र वा बानीजस्तै बन्न पुगेको छ ।
बानी निर्माण कसरी हुन्छ भनेर अघि नै चर्चा भइसकेको छ । लाग्छ,यात्रु देख्नासाथ बढी भाडा असुल्ने कुरा ट्याक्सी ड्राइभरले दिमागले सोचेर गर्दैन, त्यो उसको दिमागमा स्वचालित रुपमा आउँछ । राजनैतिक नेता वा कर्मचारीले कमिशन खान दिमागको निर्णय पर्खेर बस्दैनन्, त्यो अटोमेटिक हुन्छ ।

रक्सी खाएर गाडी चलाउँदा एकपटक दुर्घटना भए पनि फेरि खाएर चलाउने बानीजस्तै भूकम्पको त्यत्रो त्रासदीपछि पनि उक्त चरित्रमा फेरबदल आएन । किनभने, त्यो दिमागले सोचेर निर्णय गर्ने चिज नै भएन, नियमित गरिने बानीमा रुपान्तरण भैसक्यो । नत्र सभासद भएका मान्छेहरु हाँस्दै त्रिपाल लिएर देखा पर्दैनथे । उनीहरुले सोचेर गरेको भए पक्कै त्यस्तो कर्मको प्रभावको पूर्वमूल्यांकन गर्ने थिए ।

गिरानचौर आयोजना बजेटको हिसाबले, निर्माण भएका घर संख्याको हिसाबले र लाभान्वित जनसंख्याको हिसाबले निकै सानो आयोजना हो । तर, त्यसको सन्देश भने असामान्य बन्न पुग्यो । परिवर्तनका वाहकहरुले समाजलाई नयाँ बानी दिने गर्दछन् र त्यसलाई अपनत्व महसुस गर्दै धेरैले आत्मासाथ गरेपछि मात्रै समाजिक परिवर्तनका यस्ता कामहरु फस्टाउँछन्

मौका आउनासाथ फाइदा लिइहाल्न तम्सने बानीका कारण त्रिपाल बोकेर सभासदहरु हाँस्दै देखापरे । उच्चपदस्थहरुले भूकम्प पीडितलाई बाड्न खोजेको जस्तापातामा पनि र्‍याल चुहाए ।

माथि उल्लेखित नेपाली समाजका तीन मुख्य चरित्र तोकेको जिम्मेवारी पूरा नगर्ने, समयमा कुनै पनि काम नगर्ने र भ्रष्ट आचार देखाउने विपरीत धुर्मुस-सुन्तलीले आफूले लिएको जिम्मेवारी पूरा गरे । विविध असहजताका वावजुद पनि तोकिएको समयमै आयोजना सकाए र समाजबाट उठाइएको पैसा तोकिएको काममा खर्चिएर सबैको नजरमा असामान्य काम गरे ।

गिरानचौर आयोजना बजेटको हिसाबले, निर्माण भएका घर संख्याको हिसाबले र लाभान्वित जनसंख्याको हिसाबले निकै सानो आयोजना हो । तर, त्यसको सन्देश भने असामान्य बन्न पुग्यो । परिवर्तनका वाहकहरुले समाजलाई नयाँ बानी दिने गर्दछन् र त्यसलाई अपनत्व महसुस गर्दै धेरैले आत्मासाथ गरेपछि मात्रै समाजिक परिवर्तनका यस्ता कामहरु फस्टाउँछन् ।
गिरानचौर त फेरियो, तर नेपाली समाजको बानी फेरिएला त ?

अनलाइन खबर डटकम । २०७३ कार्तिक १४

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s