विदेशिएका वैज्ञानिक

सुचना र संचारको क्षेत्रमा भएको अभुतपूर्व विकासले पृथ्वी चेप्टो अर्थात “फ्ल्याट” हुँदै गइरहेको छ । भुमण्डलीकरणको यो युगमा ऐतिहासिक, भौगोलिक र सांस्कृतिक दुरी क्रमशः असान्दर्भिक भएको तर्क गर्छन् ‘द ओल्र्ड इज फ्ल्याट ए विफ्र हिस्टी अफ दी ट्वान्टी फ्रस्ट सेन्टुरी’ का लेखक थोमस फ्राइडम्यान । फ्राइडम्यानसँग असहमत हुन सकिएला तर साँचो कुरा अबको मानिसलाई भुगोल र राजनैतिक सिमारेखाहरुले वाध्न सकिदैन । आर्थिक असमानताको कारण विकाशिल देशहरुबाट अदक्ष श्रम शक्ति मात्रै होइन विज्ञान र प्रविधीको क्षेत्रमा लागेका दक्ष र विशिष्ट प्रतिभाहरु विकशित देशतिर रोजगारी वा अवसरको खोजीमा विदेसीइनु अनौठो होइन । सन् १९९५ यता नेपालबाट पनि यस क्षेत्रमा लागेका व्यक्तिहरु विदेशीनेक्रम बढ्दो छ । अर्थात नेपाल बाहिर बैज्ञानिक डायोस्पोराको एउटा पंक्ति तयार हुँदैछ ।

विदेशीएका सबै नेपाली वैज्ञानिक र विज्ञानका विद्यार्थीहरुको संख्या एकिन नभएतापनि नेपालीहरुको पुरानो र लोकप्रिय गन्तव्य अमेरिका आउने विद्यार्थीहरुको तथ्यांक भने उपलब्ध छ । सन् १९९६ देखि २००९ सम्म १३ वर्षमा करिब ६२ हजार नेपाली विद्यार्थी अमेरिका आएको न्युर्योक स्थिीत गैह्रसरकारी संस्था ओपनडोर्सको तथ्यांकहरुले देखाएको छ । अमेरिका आउने विद्यार्थीहरुमा बिज्ञान र प्रविधीक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको संख्या अत्यधिक छ । पहिला पहिला अमेरिका आउने विद्यार्थीहरु स्नातक तहको अध्ययन गर्न आउने भएतापनि पछिल्ला वर्षहरुमा विज्ञान विषयमा स्नात्तोकर वा विद्यावारीधी गर्ने आउने नेपालीको संख्या उल्लेख्य छ । सबै तथ्यांकहरुलाई केलाउने हो भने, अहिलेसम्म अमेरिकाबाट विद्यावारिधी गर्ने र गर्दै गरेका नेपालीहरुको संख्या करिब ४ हजार नाघिसकेको छ । यसमध्ये भौतिकसास्त्र, रसायनसास्त्र, जीवसास्त्र, वातावरण विज्ञान, संरक्षण विज्ञान, कृषी, वन र कम्युटर विज्ञान आदीमा विद्यावारीधी गर्नेहरु र गरिरहेका नेपाली विद्यार्थीहरुको संख्या अध्याधिक छ । त्यस्तै अमेरिका भरिमा पाँच हजार भन्दा बढिको संख्यामा नेपाली इन्जिनियरहरु भएको अनुमान गरिन्छ । थुप्रै संख्यामा नेपालीमुलका डाक्टरहरुका कार्यरत छन् । करिव २०० को हाराहारीमा नेपालीमुलका प्राध्यापकहरु अमेरिकामा प्राध्यापन गर्दैछन् । ती मध्ये धेरै जसो विज्ञान र प्रविधीको क्षेत्रसँग सम्वन्धित छन् ।

नेपालमा प्रतिभा पलायन भनिएकाहरु आज मेहनत र लगनको माध्यमबाट अमेरिका र युरोपेली मुलुकहरुमा आफुलाई स्थापित गर्दैछन् । ती देशहरुबाट समयानुकुल ज्ञान, शिप र प्रतिभा आर्जन गरिरहेका छन् । यतिखेर नेपालीहरुको उपस्थिती अमेरिकाको हार्डवर्ड–एमआइटीदेखि वेलायतको क्याव्रिज–अक्स्फोर्डसम्म जमर्नीको म्याक्सप्लाक्न देखि अमेरिकाको नासा–हलिउडसम्म भइसकेको छ । नेपालीहरु अन्टारटिका महादेशमा वैज्ञानिक अनुसन्धानको गइरहेका छन् । गन्तव्यमा मात्रै होइन विषय र दक्षतामा पनि विविधता देखिन थालेको छ । देशको राजनैतिक र आर्थिक अवस्था सप्रिएमा पनि आफुलाई संघर्षको माध्यामबाट अन्र्तराष्ट्रिय जगतमा स्थापित हुँदै गएका यस्ता वैज्ञानिक प्रतिभाहरुलाई देशमा फर्काउन देशले निकै ठुलो मेहनत र लगानी गर्नुपर्ने देखिन्छ यद्यपी उनीहरुलाई फर्काउनै नसक्ने चाँहि होइन ।

देशमा अनुसन्धानका नयाँ कार्यक्रमहरु र विज्ञानप्रविधीको क्षेत्रको विकासका निती योजनाहरु वनेर त्यसले राम्रो रोजगारीको अवसर सिर्जना गर्ने हो भने देशको मायाले उनीहरु नेपाल नर्फकिएपनि आफु र आफ्नो परिवारको लागि भएपनि नेपाल फर्कनेछन् भन्ने अनुमान गर्न सकिन्छ । उदाहरणको लागि भारतले दु्रत आर्थिक वृद्वि हासिल गर्न थालेपछि सन् २००१ पछिका ५, ७ वर्षमा अमेरीकामा अध्ययन गरेका करीब ५०००० जति कम्प्युटर विज्ञान लगाएतका बैज्ञानिक शिक्षा लिएका भारतीयहरु पुन भारत फर्किएका थिए । उनीहरु भारतलाई माया गरेर मात्रै भारत फर्किएका होइनन् अमेरीकामा भन्दा भारतमा राम्रो रोजगारी र कमाएको पैसा वचत हुने अवस्था देखेर पनि फर्किएका हुन् । त्यस्तै केहि अघि मात्रै केमरुनमा त्यहाँका वैज्ञानिक र प्राध्यापकहरुलाई दिइने तलव र अन्य सुविधा बढाउँदा पश्चिमा मुलुकमा वसिरहेका थुप्रै वैज्ञानिकहरु क्यामेरुन फर्किने क्रम शुरु भएको छ । त्यसकारण देशमा विज्ञान तथा प्रविधीको राम्रो विकास भएको अवस्थामानेपाली वैज्ञानिक डायोस्पोराहरु नेपाल फर्किने आशा गर्न सकिन्छ । उनीहरुले नेपाल फर्किए भने निश्चित छ ज्ञान र शिपको साथै एउटा राम्रो सम्र्पक पनि लिएर आउनेछन् । तर हाललाई उनीहरु जुन अवस्थामा जहाँ छन् त्यँहाबाट उनीहरुले देशको लागि सहयोग गर्नसक्ने अवस्थाको श्रृजना गर्नु र उनीहरुको सहयोग लिनको लागि पहल गर्नु आबश्यक छ ।
भारत र चीनको दु्रत आर्थिक विकासको पछाडि ती मुलुकहरुको बैज्ञानिक डायोस्पोराहरुको पनि ठुलो हात छ । भारत र चीनले सरकारी वा गैह्र सरकारी विभिन्न संस्थागत तहबाट ती देशका बैज्ञानिक डायोस्पोराहरुलाई सम्मान मात्रै गरेको छैन उनीहरुसँग सहयोगको आदानप्रदान गरिरहेको छ । अमेरीकी विश्व विद्यालयहरुमा मात्रै ८ हजारको हाराहारीमा भारतीयमुलका र १२ हजारको हाराहारीमा चिनियाँमुलका प्राध्यापकहरु भएको अनुमान गरिन्छ । ती मुलका हजारौको संख्यामा अनुसन्धानकर्ता, इन्जिनियर, डाक्टर आदी छन् । उनी विश्वका जुनसुकै भुभागमा वसेपनि आफ्नो देशको अनुसन्धान र वैज्ञानिक मानव संसाधनको विकासमा ठुलो योगदान गरेका छन् । उनीहरुले अन्तर देशिय, अन्तर विश्वविद्यालय अनुसन्धानका विभिन्न कार्यक्रमहरु संचालन गरिहेका छन् । आफ्ना प्रयोगशाला र विश्वविद्यालयहरुमा आफ्नो देशका विद्यार्थी, अध्येताहरुलाई अध्ययनवृति दिलाइरहेका छन् । उनीहरुले आफ्ना देशका विद्यार्थीहरुलाई अमेरिकामा विभिन्न अनुसन्धान गर्न सघाएर मानव संसाधन विकासमा महत्वपुर्ण योगदान गरिरहेका छन् ।

त्यसकारण नेपालका विश्वविद्यालयहरुको शैक्षिक गुणस्तर खस्किदै गर्दा, देश भित्र अनुसन्धानहरुका कार्यक्रमहरुमा खडेरी लागिरहेको अवस्थामा पनि नेपाली एउटा पंक्ति विदेशमा वसेर अन्र्तराष्ट्रियस्तरको शिप सिक्दैछ । प्रतिभा पलायन भएका भनिएकाहरु नेपाल वाहिर वसेर भने पनि आफ्नो ज्ञानको दायरा फराकिलो पार्दैछ ।
विदेश वसेर ज्ञान र शिप आर्जन गर्दै गरेका वैज्ञानिक डायोस्पोराको यो पंक्तिलाई हामीले नेपालको निम्ती बैज्ञानिक अध्यायन अनुसन्धानको लागि केहि सहयोग गर्ने लागि वातावरण तयार गर्नु आवश्यक छ । तात्कालिन रुपमा यस्ता वैज्ञानिक डायोस्पोरालाई देशमा ल्याउन नसकेतापनि उनीहरुको ज्ञान, शिप र प्रतिभालाई नेपालको विज्ञान क्षेत्रको विकासमा लगाउन तर्फ सोच्न जरुरी छ । सरकारी तवरमा मात्रै होइन, नेपालका विश्वविद्यालयहरुले, अनुसन्धानमा लागेका अन्य संस्थाहरुले नेपाली बैज्ञानिक डायोस्पोराहरुसँग सहकार्य गरि अहिलेलाई प्राविधीक, आर्थिक सहयोगको बाटो वनाउन जरुरी छ ।

Bidesiyeka_baigyanik

नागरिक दैनिक । फाल्गुण ४ २०६६ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: